• ट्रेण्डिङ्ग :
आईपीओ निष्कासन गर्दै इष्टर्न हाइड्रोपावर

आईपीओ निष्कासन गर्दै इष्टर्न हाइड्रोपावर


  • 5.8K
    SHARES
    • आश्विन १३, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 9.0K Views

    आईपीओ निष्कासन गर्दै इष्टर्न हाइड्रोपावर

    काठमाडौं । इष्टर्न हाइड्रोपावर कम्पनी लिमिटेडले असोज २८ गतेदेखि साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले यस अघि नै आयोजना प्रभावितहरुका लागि आईपीओ बिक्रि गरी बाँडफाँड समेत गरिसकेको छ । 
     
    कम्पनीले यो पटक भने सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ६ करोड ७० लाख ३१ हजार रुपैयाँको ६ लाख ७० हजार ३१० कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । जसमध्ये जारी पूँजीको ५ प्रतिशत अर्थात ३३ हजार ५१५ कित्ता सेयर सामुहिक लगानी कोषका लागि, २ प्रतिशत अर्थात १३ हजार ४०६ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याएर बाँकि रहेको ६ लाख २३ हजार ३८९ कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको छ । 

    images

    आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले छिटोमा कार्तिक १ गतेसम्म ढिलोमा कार्तिक १४ गतेसम्म आवेदन दिन सक्नेछन् । 

    लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । यसका साथै मेरो सेयरबाट पनि आवेदन दिन सकिनेछ ।
     


    तेस्रो आँखा