काठमाडौं । सेयर बजार आज (बिहीबार) पनि बढेको छ । १६ दशमलव २९ अंकले बढेको नेप्से १८ सय ५३ दशमलव ७६ अंकमा पुगेको छ । अघिल्लो दिन अर्थात् बुधबार भने नेप्से ६ दशमलव ४१ अंकले बढेको थियो । यस्तै सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव ८३ अंकले बढेर तीन सय ६३ दशमलव ४२ अंकमा पुगेको छ ।
२२३ कम्पनीको १४ हजार दुई सय ९८ पटकको कारोबारमा १७ लाख ९१ हजार चार सय ८० कित्ता सेयर खरिद-बिक्री भएका छन् । जसमध्ये कारोबार रकम ६३ करोड २४ लाख सात हजार ६ सय २८ रुपैयाँ पुगेको छ ।
नेप्सेमा बिहीबार १३ समूहको कारोबार भएकामा जीवन बिमा समूहको सूचक घटेर बाँकीको सूचक बढेका छन् । सोमध्ये वाणिज्य बैंक समूहको सूचक १३ दशमलव ३४ अंकले बढेर १३ सय दुई दशमलव ३६ अंकमा पुगेको छ । विकास बैंक समूहको सूचक ३८ दशमलव ८४ अंकले बढेर तीन हजार तीन सय नौ दशमलव ३१ अंकमा पुगेको छ । जलविद्युत् समूहको सूचक आठ अंकले बढेर १९ सय ६७ दशमलव ६७ अंकमा पुगेको छ । यस्तै निर्जीवन बिमा समूहको सूचक १४ दशमलव ६२ अंकले बढेर सात हजार पाँच सय एक दशमलव ३१ अंकमा पुगेको छ ।
यीबाहेक फाइनान्स, ट्रेड्रिङ, होटेल तथा पर्यटन, उत्पादनमूलक, अन्य, लघुवित्त, सामूहिक लगानी कोष र लगानी समूहहरुको सूचक पनि बढेका छन् ।
