काठमाडौं । पछिल्लो चौबीस घण्टामा नेपालभर कोरोनाका ४५ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७० जना कोरोना संक्रमणबाट मुक्त भएर उपचारपछि फर्किएका छन् ।
विगत चौबीस घण्टामा कोरोनाबाट थप कसैले पनि ज्यान नगुमाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित बुलेटिनमार्फत जनाएको छ । मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट निको हुनेको दर भने ९८ दशमलव सात प्रतिशत पुगेको छ ।
मन्त्रालयका अनुसार २,६७८ जनाको नमुना परीक्षण गर्दा ४५ जनामा कोरोना संक्रमण देखिएको हो ।
नेपालभर अहिले सक्रिय कोरोना संक्रमितको संख्या भने १,०७७ जना पुगेको छ ।

