काठमाडौं । चलचित्र विकास बोर्डले विदेशी फिल्मको सेन्सर पास भएर मुभी कोड नआएसम्म अग्रिम बुकिङ नखुलाउन निर्देशन दिएको छ ।
विदेशी फिल्म प्रदर्शनलाई लिएर बोर्डले थप कडाइ गर्ने संकेत देखाएको हो । बोर्ड अध्यक्ष भुवन केसीले बिहीबार मुलुकको सबैभन्दा ठूलो मल्टिप्लेक्स सिनेमा चेन क्यूएफएक्सलाई पत्र काट्दै मुभी कोड र डिस्ट्रिब्युसन कोड नराखी फिल्मको शो र टिकट बुकिङ नखोल्न निर्देशन दिएका हुन् ।
क्यूएफएक्सले शुक्रबारदेखि रिलिज हुने बलिउड फिल्म ‘विक्रम विधा’को शो बिहीबार सार्वजनिक गरेपछि बोर्डले यस्तो निर्देशन दिएको हो ।

