कात्यायनी देवीको पूजा एवं आराधना गरिँदै

कात्यायनी देवीको पूजा एवं आराधना गरिँदै


  • 6.4K
    SHARES
    • आश्विन १५, २०७९ शनिबार
    • ४ बर्षs अघि
    • 9.9K Views

    कात्यायनी देवीको पूजा एवं आराधना गरिँदै

    काठमाडौं । आज नवरात्रको छैटौं दिन । नवदुर्गाको छैटौं अवतार कात्यायनी देवीको पूजा एवं आराधना गरिँदै छ । कात्यायनी भगवतीको आराधना गर्नाले साधकलाई सरल तरिकाले अर्थ, धर्म, काम तथा मोक्ष प्राप्त हुनुका साथै यो लोकमा अलौकिक तेज र प्रभावले युक्त हुने विश्वास गरिन्छ ।

    images

    विश्वप्रसिद्ध महर्षि कात्यायनले पुत्री प्राप्तिका लागि भगवती पराम्बाको तपस्या गरे । उपासनादेखि प्रशन्न भएर माता भगवतीले महर्षिको घरमा पुत्रीको रूपमा जन्म लिइन् र कात्यायनीको नामले प्रसिद्ध भइन् ।

    चम्किलो एवं ज्योतिर्मय स्वरूप, दाहिनेतर्फ माथिल्लो हात अभय मुद्रामा, तल्लो हात वर मुद्रामा, देब्रेतर्फ माथिल्लो हातमा तरबार, तल्लो हातमा कमलको फूल लिएर सिंहमा सवार भएकी देवीलाई कात्यायनी देवी भनिन्छ ।

  • सम्बन्धित विषय:

  • # कात्यायनी देवी

  • तेस्रो आँखा