• ट्रेण्डिङ्ग :
स्वास्थ्य
पाणिनी गाउँपालिकाका सुत्केरीलाई निःशुल्क एम्बुलेन्स

पाणिनी गाउँपालिकाका सुत्केरीलाई निःशुल्क एम्बुलेन्स


  • 5.2K
    SHARES
    • आश्विन १६, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 8.0K Views

    पाणिनी गाउँपालिकाका सुत्केरीलाई निःशुल्क एम्बुलेन्स

    अर्घाखाँची । पाणिनी गाउँपालिकाले सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा प्रदान गरेको छ ।  गाउँपालिकाका सुत्केरीलाई एम्बुलेन्सको भाडा तिर्नु नपर्ने पाणिनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हुमलाल भुसालले जानकारी दिए । 

    images

    गाउँपालिकाको यही असोज १२ गतेको निर्णयअनुसार नयाँ भाडादरसहित एम्बुलेन्स सञ्चालनमा आएको छ । गाउँपालिकाले स्थानअनुसार रु पाँच सयदेखि रु एक हजार ५०० सम्म भाडा निर्धारण गरेको छ ।

    पाणिनी गाउँपालिका– ५, ६, ७ र ८ देखि सन्धिखर्कसम्म रु दुई हजार, पाणिनी गाउँपालिका– १, २, ३, ४ र ५ को भर्तीपुरदेखि सन्धिखर्कसम्म रु तीन हजार, पाणिनी गाउँपालिकादेखि पाल्पासम्म रु चार हजार ५००, पाणिनी गाउँपालिकादेखि पाल्पा हुँदै बुटवलसम्म छ हजार ५०० र पाणिनी गाउँपालिकादेखि बुटवलसम्म पाँच हजार ५०० भाडा तोकिएको छ । 

    अन्य स्थानको हकमा कच्ची बाटोमा प्रतिकिलोमिटर ८० र पक्की बाटोमा प्रतिकिलोमिटर ४० भाडा तोकिएको पालिकाले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # स्वास्थ्य

  • तेस्रो आँखा