काठमाडौं । गायक कमल खत्री र गायिका मेलिना मैनालीले हिन्दु परम्पराअनुसार विवाह गरेका छन् । उनीहरुले फूलपातीको अवसर पारेर विवाह गरेका हुन् ।
विवाह समारोहमा परिवारका सदस्य मात्रै सहभागी थिए । खत्रीले आफ्नो विवाहको भिडियोसमेत सार्वजनिक गरेका छन् ।
उनीहरुले भदौ २६ गते इन्गेजमेन्ट गरेका थिए । कमलसँग गाएको ‘फिका फिका’ बोलको गीत हिट भएपछि मेलिना चर्चामा आएकी थिइन् । त्यति बेलादेखि नै उनीहरू नजिकिएका थिए ।
