काठमाडौं । पछिल्लो चौबीस घण्टामा नेपालभर कोरोनाका ११ संक्रमित थपिएका छन् ।
देशभरका प्रयोगशालाहरुबाट ७३८ वटा नमुना परीक्षण गर्दा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित बुलेटिनमार्फत जनाएको छ । मन्त्रालयका अनुसार ६८ जना कोरोना संक्रमणबाट मुक्त भएर उपचारपछि फर्किएका छन् ।
विगत चौबीस घण्टामा कोरोनाबाट थप कसैले पनि ज्यान नगुमाएको मन्त्रालयले जनाएको छ । तर नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या भने १२ हजार १८ पुगेको छ । नेपालमा सक्रिय संक्रमितको संख्या भने ६२८ रहेको मन्त्रालयले जनाएको छ ।

