- तेस्रो आाखा डेस्क
काठमाडौं, मंसिर २९ । पछिल्लो २४ घण्टामा देशभर २८० जना कोरोना संक्रमित थपिएका छन् ।
११ हजार ९९४ जनाको नमुनाको परीक्षण गर्दा २८० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै, पछिल्लो २४ घण्टामा कोरोनाबाट ६ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ५६५ पुगेको छ ।
बुधबार ३ सय जना कोरोनाबाट संक्रमण मुक्त भएका छन् । हाल नेपालमा सक्रिय संक्रमितको संख्या ५ हजार ६३५ रहेको छ ।
