• ट्रेण्डिङ्ग :
५० प्रतिशतले पूर्ण मात्राको खोप लगाएपछि मात्रै बुस्टर

५० प्रतिशतले पूर्ण मात्राको खोप लगाएपछि मात्रै बुस्टर


  • 5.8K
    SHARES
    • मंसिर २९, २०७८ बुधबार
    • ४ बर्षs अघि
    • 8.9K Views

    ५० प्रतिशतले पूर्ण मात्राको खोप लगाएपछि मात्रै बुस्टर

    काठमाडौं, २९ मंसिर । सरकारले लक्षित जनसंख्याको ५० प्रतिशतले पूर्ण मात्राको खोप लगाएपछि मात्रै बुस्टर डोज दिने तयारी गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार गरेको कोभिड १९ को भर्चुअल प्रेस ब्रिफिङमा राष्ट्रिय खोप सल्लाहकार समितिका विज्ञ प्रा.डा रमेशकान्त अधिकारीले  लक्षित जनसंख्याको ५० प्रतिशतभन्दा बढीलाई आवश्यक दुई मात्राको खोप पु¥याए लगत्तै   बुस्टर दिन सुरु गर्ने बताए । 

    images

    उनका अनुसार हालसम्म विश्व स्वास्थ्य संगठनले ‘बुस्टर डोज’का लागि पहिला जुन खोप लगाएको हो त्यही लगाउनुपर्ने सिफारिस गरेको छ । समितका सदस्य डा गणेशकुमार राईले खोपको उपलब्धता बढेको खण्डमा र भण्डारण गर्न सकिएमा बुस्टर डोज छिट्दै दिइने बताए  ।  

    हालसम्म नेपालमा लक्षित जनसंख्याको ५८.४ प्रतिशतले एक मात्राको खोप लगाइसकेका छन् भने ४७ प्रतिशतले पूर्ण मात्राको खोप लगाइसकेका छन् । सरकारले आगामी पुस ४ देखि १४ गतेसम्म १२ देखि १७ उमेर समूहका बालबालिकालाई ५७ जिल्लामा मोर्डना खोप दिने भएको छ । यसका लागि सरकारले ३६ लाख ५१ हजार २०० मात्रा खोप छुट्याएको छ । बाँकी २० जिल्लामा भने फाइजर खोप दिइनेछ ।

    ब्रिफिङमा बोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले करिब ७० मुलुकमा ओमिक्रोन भेरिएन्ट देखिएपनि डेल्टा भेरिएन्ट नै हावी रहेको बताए । उनका अनुसार सरकारले दुई हप्ता अगाडि बेलायतको पब्लिक हेल्थ इंग्ल्यान्डको सहयोगमा ७५० वटा नमुना बेलायत पठाएकोमा ६९५ वटाको सिक्वेन्सिङ गर्दा डेल्टा भेरिएन्ट पाइएको      बताए ।
    हाल नेपालमा कोरोना संक्रमण दर १७.४ प्रतिशत रहेको छ ।

    मनाङ, डोल्पा, हुम्ला र बाजुरामा शून्य संक्रमित रहेका छन् । त्यसैगरी २०० देखि ४९९ सम्म संक्रमित रहेका जिल्ला सुनसरी, भक्तपुर, कास्की, बाँके र कैलाली गरी ५ वटा रहेका छन् । काठमाडौँ र ललितपुरमा भने ५०० भन्दा बढी सक्रिय संक्रमित रहेका छन् ।


    तेस्रो आँखा