पहिरोले १३२ केभीको लमही-घोराही प्रसारण लाइनको टावर ढाल्यो

पहिरोले १३२ केभीको लमही-घोराही प्रसारण लाइनको टावर ढाल्यो


  • 5.1K
    SHARES
    • आश्विन २२, २०७९ शनिबार
    • ४ बर्षs अघि
    • 7.9K Views

    पहिरोले १३२ केभीको लमही-घोराही प्रसारण लाइनको टावर ढाल्यो

    काठमाडौं । अविरल वर्षासँगै गएको पहिरोबाट दाङको लमही-घोराही १३२ केभी प्रसारण लाइनको एउटा टावर ढलेको छ । शुक्रबार गएको पहिरोले लमही-घोराही १३२ केभी प्रसारण लाइनअन्तर्गत लमही नगरपालिका ६, बेल्दामारस्थित १८ नम्बर टावर ढालेको हो ।

    images

    प्रसारण लाइनमा ढलेपछि त्यस क्षेत्रको विद्युत् आपूर्ति अवरोध भएको थियो । प्राधिकरणले अहिले वैकल्पिक व्यवस्था गरी घरायसी ग्राहकलाई विद्युत् दिइएको छ । प्राधिकरणले हापुरे सब-स्टेसनबाट ३३ केभी प्रसारण लाइनबाट लमही, घोराहीलगायत क्षेत्रका घरायसी ग्राहकलाई विद्युत् आपूर्ति दिएको छ । त्यस क्षेत्रमा धेरै विद्युत् खपत गर्ने सिमेन्ट उद्योगहरु सञ्चालित छन् ।

    प्राधिकरणले लमही-घोराही १३२ केभी प्रसारण लाइनको टावर नै ढलेपछि आपत्‌कालीन पुन:स्थापना प्रणाली (ईआरएस) अन्तर्गत रहेको टावर जडान गरी विद्युत् आपूर्ति दिनेछ । ईआरएस टावर जडानका लागि सर्भेक्षण गर्न टोली खटाइएको छ । टावर जडान गर्न केही दिन लाग्नेछ ।

    collapse-tower-3.jpg

  • सम्बन्धित विषय:

  • # प्रसारण लाइन

  • तेस्रो आँखा