काठमाडौं । नेप्सेमा (आइतबार) हरियाली देखिएको छ । ४४ दशमलव ६२ अंकले बढेर नेप्से १८ सय ९८ दशमलव ३८ अंकमा चढेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि आठ दशमलव ७८ अंकले बढेर तीन सय ७२ दशमलव २१ अंकमा चढेको छ ।
आइतबार २२४ कम्पनीको १४ हजार ९९१ पटकको कारोबारमा २५ लाख ३३ हजार तीन सय ९३ कित्ता सेयर खरिद-बिक्री भएका छन् । जसकारण कारोबार रकम ८३ करोड ६८ लाख ७३ हजार एक सय ४० रुपैयाँ पुगेको छ ।
आइतबार १३ समूहको कारोबार भएकामा १३ वटैको सूचक बढेर नेप्से पूरै हरियो भएको छ । सोमध्ये वाणिज्य बैंक समूहको सूचक २५ दशमलव ५७ अंकले बढेर १३ सय २७ दशमलव ९३ अंकमा चढेको छ । यस्तै विकास बैंक समूहको सूचक पनि एक सय ४९ दशमलव दुई अंकले बढेर तीन हजार चार सय ५८ दशमलव ७९ अंकमा चढेको छ ।
निर्जीवन बिमा समूहको सूचक १३५ दशमलव ४९ अंकले बढेर सात हजार ६ सय ४४ दशमलव दुई अंकमा चढेको छ । जीवन बिमा समूहको सूचक १८७ दशमलव आठ अंकले बढेर आठ हजार नौ सय एक दशमलव ३३ अंकमा चढेको छ । होटेल, फाइनान्स, ट्रेडिङ तथा पर्यटन, उत्पादनमूलक, अन्य, लघुवित्त, सामूहिक लगानी कोष र लगानी समूहहरुको सूचक पनि बढेका छन् ।
नेप्सेमा आज सप्तकोसी डेभलपमेन्ट बैंकको प्रतिकित्ता सेयर मूल्य नौ दशमलव ९५ प्रतिशतले बढेर २३० रुपैयाँ ९० पैसा अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ ।
