चौबीस घण्टामा २२ संक्रमित थपिए, २३ जना डिस्चार्ज

चौबीस घण्टामा २२ संक्रमित थपिए, २३ जना डिस्चार्ज


  • 5.2K
    SHARES
    • आश्विन २३, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 7.9K Views

    चौबीस घण्टामा २२ संक्रमित थपिए, २३ जना डिस्चार्ज

    काठमाडौं । पछिल्लो चौबीस घण्टामा नेपालभर थप २२ जनामा कोरोना भाइरस पुष्टि भएको छ । एक हजार ७६१ जनाको नमुना परीक्षण गर्दा २२ जनामा कोरोना भाइरस पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    images

    एक हजार तीन सय जनाको पीसीआर परीक्षण गर्दा २० जनामा र चार सय ६१ जनाको एन्टिजेन परीक्षण गर्दा २ जनामा कोरोना भाइरस पुष्टि भएको छ । मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा कोरोना संक्रमणको कारण कसैको पनि मृत्यु भएको छैन ।

    चौबीस घण्टामा २३ जना डिस्चार्ज भएका छन् । हाल नेपालभर सक्रिय कोरोना संक्रमितको ५७० रहेको छ ।

     

  • सम्बन्धित विषय:

  • # कोरोना संक्रमण

  • तेस्रो आँखा