• ट्रेण्डिङ्ग :
वार्षिकोत्सव
२५ वर्षमा बुद्ध एयर !

२५ वर्षमा बुद्ध एयर !


‘जहाज थपेर गन्तव्य विस्तार गर्छौ’

  • 5.7K
    SHARES
    • आश्विन २४, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 8.8K Views

    २५ वर्षमा बुद्ध एयर !

    बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले २५ वर्षे व्यावसायिक यात्राको दायरा फराकिलो बनाउँदै रजत जयन्तीबाट ५०औँ स्वर्ण जयन्तीसम्मको गन्तव्यका लागि नयाँ योजनाका साथ अघि बढ्ने बताए । उनले यात्रुको सरल र सहज यात्रा तथा हवाई उडान सुरक्षामा कम्पनीले कुनै पनि सम्झौता नगर्ने भन्दै जहाजसँगै उडान गन्तव्य पनि क्रमशः विस्तार गर्दै लगिने बताए ।

    काठमाडौं । निजी क्षेत्रको अग्रणी हवाई सेवा प्रदायक कम्पनी बुद्ध एयरले २५ वर्षे यात्रा पूरा गरेको छ । रजत जयन्ती मनाइरहेको कम्पनीले जहाज थपेर गन्तव्य विस्तार गर्ने योजना बनाएको काठमाडौंमा पत्रकार सम्मेलन गरेर जनाइएको हो ।

    images

    सन् १९९७ सेप्टेम्बर ११ तारिखका दिनदेखि व्यावसायिक हवाई उडान सुरु गरेको बुद्ध एयरले सन् २०२२ सम्म दुई लाख ६४ हजार नौ सय १८ उडानमार्फत एक करोड ८० लाखभन्दा बढी यात्रुलाई सेवा प्रदान गरेको कम्पनीले जनाएको छ ।

    कम्पनीले असोज २५ (अक्टोबर ११ तारिख) मा वार्षिकोत्सव मनाउँदै आएको छ । सुरुवाती चरणमा एउटा बीचक्र्याफ्ट १९०० डि मार्फत डोमेस्टिक उडान सुरु गरेको कम्पनीले हाल ७२ सिटे एटीआर जहाजसहित १६ जहाजबाट सेवा दिइरहेको छ । देशका विभिन्न ४३ हवाई रुटमा सेवा प्रवाह गरिरहेको कम्पनीले जनाएको छ ।

    बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले २५ वर्षे व्यावसायिक यात्राको दायरा फराकिलो बनाउँदै रजत जयन्तीबाट ५०औँ स्वर्ण जयन्तीसम्मको गन्तव्यका लागि नयाँ योजनाका साथ अघि बढ्ने बताए । उनले यात्रुको सरल र सहज यात्रा तथा हवाई उडान सुरक्षामा कम्पनीले कुनै पनि सम्झौता नगर्ने भन्दै जहाजसँगै उडान गन्तव्य पनि क्रमशः विस्तार गर्दै लगिने बताए ।

    ‘म व्यक्तिले बुद्ध एयरलाई २५ वर्ष डोर्‍याएर यो सफलतामा पुर्‍याएको छु, अब कम्पनीलाई संस्थागत गरिनुपर्छ नयाँ धरातलमा जानुपर्छ, त्यसैले २५ वर्षे रजतजयन्ती मनायौँ, अबको २५ वर्षभित्र अर्को सफलताका लागि यात्रा तय गर्नुछ, त्यसैले केही न केही परिवर्तन गरेर जानैपर्छ,’ उनले भने ।

    उनले आवश्यकताअनुरुप कम्पनी सञ्चालन ढाँचा परिवर्तन गरेर कम्पनी मोडलमा पनि जान सकिने धारणा राखे । कम्पनीसँग एक हजार ५०० हाराहारी कर्मचारी छन् । भारतको बनारसमा अन्तर्राष्ट्रिय उडान गरिरहेको बुद्ध एयरले उडान अनुमति पाएको खण्डमा पोखरा र नेपालगञ्जबाट नयाँदिल्ली उडान सञ्चालन गर्ने योजना बनाएको छ ।

    कम्पनीले यसअघि भारतको कोलकात्ता केही समय उडान गरेको भए पनि व्यावसायिक ढङ्गले सञ्चालन हुन नसकेपछि उक्त गन्तव्यको उडान स्थगित गरेको थियो । प्रबन्धन दिर्नेशक बस्नेतले भने, ‘अन्तर्राष्ट्रिय उडान सोचेजस्तो सहज रहेनछ हरेक प्रक्रियालाई पूरा गर्दा कठिन हुने रहेछ, त्यसैले हाम्रो फोकस डोमेस्टिकलाई अझ प्रभावकारी बनाउने छ । सम्भव भएसम्म अन्तर्राष्ट्रिय उडान पनि गर्न सक्छौँ ।’

    बुद्ध एयरले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट नयाँदिल्लीका लागि दैनिक दुई उडान तथा नेपालगञ्जबाट पनि सोही सङ्ख्याको उडान अनुमति नेपाल नागरिक उड्डयन प्राधिकरणसँग मागेको थियो । अन्तर्राष्ट्रिय उडान एटीआर ७२ जहाजबाटै गर्ने कम्पनीले जनाएको छ । मागेको जति उडान नपाएकाले तत्काललाई कुनै निर्णय नभए पनि भविष्यमा यी गन्तव्यमा उडान गर्ने योजना रहेको प्रबन्ध निर्देशक बस्नेतले बताए ।

  • सम्बन्धित विषय:

  • # बुद्ध एयर

  • तेस्रो आँखा
    लेखकबाट थप