• ट्रेण्डिङ्ग :
१८ लाख भन्दा बढी कोरोनाविरुद्ध खोप नेपाल आयो

१८ लाख भन्दा बढी कोरोनाविरुद्ध खोप नेपाल आयो


  • 5.9K
    SHARES
    • मंसिर २९, २०७८ बुधबार
    • ४ बर्षs अघि
    • 9.1K Views

    १८ लाख भन्दा बढी कोरोनाविरुद्ध खोप नेपाल आयो

    काठमाडौं, २९ मंसिर । करिब १८ लाख भन्दा बढी डोज कोरोनाविरुद्धको कोभिशिल्ड खोप नेपाल आइपुगेको छ । आज १८ लाख ७१ हजार डोज कोभिसिल्ड आएको स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन शाखा प्रमुख डा सुरेन्द्रप्रसाद चौरसिया दिए । 
    अहिलेसम्म तीन करोड १४ लाख २० हजार ७३० डोज खोप आइसकेको छ ।

    images

    जसमा ५७ लाख ४५ हजार ५ सय कोभिशिल्ड, एक करोड ७३ लाख ४९ हजार ६ सय भेरो सेल, एक लाख ६२० फाइजर खोप रहेको छ । मन्त्रालयका अनुसार ३० लाख ३७ हजार ५६० एस्ट्राजेनेका र ३६ लाख ५१ हजार २ सय मोर्डना खोप नेपालले प्राप्त गरिसकेको छ । त्यस्तै भोली बिहिबार २१ लाख ७६ हजार डोज जोन्सन एण्ड जोन्सन खोप आउने छ  । 

    सात लाख १९ हजार ६५० डोज आउने र बाँकी १४ लाख ५७ हजार डोज खोप शुक्रबार आउने मन्त्रालयले जनाएको छ । खोप युनिसेफ मार्फत आउन लागेको हो । त्यस्तै डिसेम्बर २३÷२४ तारिखमा ६ लाख ६४ हजार फाइजर खोप आउने मन्त्रालयले जनाएको छ । 

  • सम्बन्धित विषय:

  • # कोरोनाविरुद्ध

  • तेस्रो आँखा