पुन: ओरालो यात्रामा नेप्से, दुई दिनमा ४३ अंकले घट्यो

पुन: ओरालो यात्रामा नेप्से, दुई दिनमा ४३ अंकले घट्यो


  • 5.5K
    SHARES
    • आश्विन २५, २०७९ मंगलबार
    • ४ बर्षs अघि
    • 8.5K Views

    पुन: ओरालो यात्रामा नेप्से, दुई दिनमा ४३ अंकले घट्यो

    काठमाडौं । नेप्सेको ओरालो यात्राले साताको तेस्रो कारोबार दिन आज (मंगलबार) पनि निरन्तरता पाएको छ । नेप्से दुई दिन (सोमबार र मंगलबार) लगातार ओरालो यात्रामा लागेको हो । दुई दिनमा नेप्से ४३ दशमलव २२ अंकले ओरालो लागेको हो । 

    images

    अघिल्लो दिन अर्थात् सोमबार २७ दशमलव १६ अंकले घटेको नेप्से आज (मंगलबार) पुन: १६ दशमलव शून्य ६ अंकले घटेर १,८५५ दशमलव १६ अंकमा झरेको छ । दसैंको बिदापछि खुलेको पहिलो दिन अर्थात् आइतबार भने सेयर बजार ४४ दशमलव ६२ अंकले बढेको थियो । यसैगरी मंगलबार सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव २१ अंकले घटेर तीन सय ६३ दशमलव ६३ अंकमा झरेको छ ।

    २२९ कम्पनीको १२ हजार दुई सय ९३ पटकको कारोबारमा १७ लाख ६७ हजार ६ सय ९२ कित्ता सेयर खरिद-बिक्री भएकामा मंगलबार कुल कारोबार रकम ५५ करोड २७ लाख १२ हजार आठ सय ८५ रुपैयाँ पुगेको छ । नेप्से घटेसँगै मंगलबार कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन करिब एक अर्ब रुपैयाँको सेयर कारोबार भएको बजारमा यस दिन कारोबार रकम आधा घटेको हो ।
      
    नेप्सेमा मंगलबार १३ समूहको कारोबार भएकामा ट्रेडिङ, होटेल तथा पर्यटन र सामूहिक लगानी कोष समूहको सूचक झिनो अंकले बढेर बाँकीको सूचक घटेका छन् । जसमध्ये वाणिज्य बैंक समूहको सूचक नौ दशमलव ७१ अंकले घटेर १३ सय तीन दशमलव १२ अंकमा झरेको छ । यस्तै विकास बैंक समूहको सूचक ४३ दशमलव दुई अंकले घटेर तीन हजार तीन सय २३ दशमलव ४४ अंकमा झरेको छ । 

    नेप्सेमा मंगलबार समिट लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मूल्य १० प्रतिशतले बढेर नौ सय २९ रुपैयाँ ५० पैसा अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ । यसैगरी विन्धवासिनी हाइड्रो पावर लिमिटेडको प्रतिकित्ता सेयर मूल्य सात दशमलव १९ प्रतिशतले घटेर तीन सय ४१ रुपैंयाँ ५० पैसा अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ । कारोबार रकमका आधारमा नबिल बैंक शीर्ष स्थानमा छ । बैंकको तीन करोड १० लाख ९ हजार चार सय ४९ रुपैयाँबराबरको सेयर खरिद-बिक्री भए ।

  • सम्बन्धित विषय:

  • # नेप्से
  • # सेयर बजार

  • तेस्रो आँखा