काठमाडौं । पछिल्लो चौबीस घण्टामा नेपालभर थप ४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । दुई हजार २२२ जनाको नमुना परीक्षण गर्दा ४४ जनामा कोरोना भाइरस पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा कोरोना संक्रमणका कारण कसैको पनि मृत्यु भएको छैन ।
गत चौबीस घण्टामा २९ जना डिस्चार्ज भएका छन् । हाल नेपालभर सक्रिय कोरोना संक्रमितको संख्या ५७५ रहेको मन्त्रालयले नियमित बुलेटिनमार्फत जनाएको छ ।

