फेरी ओरालो लाग्यो शेयर बजार

फेरी ओरालो लाग्यो शेयर बजार


  • 7.4K
    SHARES
    • मंसिर २९, २०७८ बुधबार
    • ४ बर्षs अघि
    • 11.4K Views

    फेरी ओरालो लाग्यो शेयर बजार

    काठमाडौं, २९ मंसिर । मंगलबार ६ प्रतिशत बढेपछि सर्किट ब्रेक लागेर बन्द भएको सेयर बजार बुधबार भने ओरालो लागेको    छ । बजारको परिसूचक नेप्से ४। २३ अंकले घटेर २४१४ अंकमा झरेको छ । परिसूचक घटे पनि कारोबार रकममा भने सुधार आएको   छ । मंगलबार २ अर्बभन्दा कम रकमको कारोबार भएकोमा बुधबार भने ४ अर्ब ५८ करोड पुगेको छ । 

    images

    बुधबार बैंकिङ उपसमूह ९, होटल तथा पर्यटन ५३, अन्य ११, माइक्रोफाइनान्स १७ र जीवन बीमा उपसमूह ४३ अंकले घटे । ब्यापार २९, विकास बैंक ४०, जलविद्युत ७, फाइनान्स ४६, निर्जीवन बीमा २७ र उत्पादन उपसमूह ७ अंकले बढे । 

    ८४ कम्पनीको मूल्य घटेको छ भने ९६ को बढेको छ । ९ कम्पनीको मूल्य भने स्थिर रह्यो । सामलिङ पावरको मूल्य सबैभन्दा धेरै ९।९ प्रतिशतले बढेको छ । सो वृद्धिपछि कम्पनीको मूल्य प्रतिकित्ता ४४४ रुपैयाा पुगेको छ । दिव्यश्वरी हाइड्रो र आखुखोला जलविद्युतको मूल्य ७।७ प्रतिशतले बढ्यो । नयाा नेपाल सारथी लघुवित्तको मूल्य सबैभन्दा धेरै ५।३ प्रतिशतले घट्यो ।

  • सम्बन्धित विषय:

  • # देवदह

  • तेस्रो आँखा
    लेखकबाट थप