थप ५१ जनामा कोरोना पुष्टि, सक्रिय संक्रमित ५९८

थप ५१ जनामा कोरोना पुष्टि, सक्रिय संक्रमित ५९८


  • 4.9K
    SHARES
    • आश्विन २६, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 7.5K Views

    थप ५१ जनामा कोरोना पुष्टि, सक्रिय संक्रमित ५९८

    काठमाडौं । पछिल्लो चौबीस घण्टामा नेपालभर थप ५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । एक हजार ७२३ जनाको नमुना परीक्षण गर्दा ५१ जनामा कोरोना भाइरस पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    images

    मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा कोरोना संक्रमणका कारण कसैको पनि मृत्यु भएको छैन ।

    गत चौबीस घण्टामा २२ जना डिस्चार्ज भएका छन् । हाल नेपालभर सक्रिय कोरोना संक्रमितको संख्या ५९८ रहेको मन्त्रालयले नियमित बुलेटिनमार्फत जनाएको छ ।

    Covid-Update.jpg

  • सम्बन्धित विषय:

  • # कोभिड

  • तेस्रो आँखा