काठमाडौं । पिपुल्स पावर लिमिटेडको सेयर आइतबारबाट कारोबारमा आउने भएको छ ।
कुनै पनि कम्पनीको आईपीओमा नेप्सेमा सूचीकृत भएको दोस्रो दिनबाट कारोबारमा आउने गरेको छ । तर, आज शुक्रबार कारोबार नहुने र शनिबार परेकोले आइतबारबाट कम्पनीको सेयर कारोबारमा आउने भएको हो । कम्पनीको आईपीओ विहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको हो ।
नेप्सेमा यो कम्पनीको कुल ६३ लाख २६ हजार कित्ता आईपीओ सूचीकृत भएको हो । जसमा ३२ लाख २६ हजार कित्ता संस्थापक समूहको, २४ लाख ६७ हजार ४०० कित्ता सर्वसाधारणको र ६ लाख ३२ हजार ६०० कित्ता स्थानीयको रहेको छ ।
पहिलो कारोबारका लागि भने नेप्सेले प्रतिकित्ता न्यूनतम ९४.९६ रुपैयाँदेखि अधिकतममा २८४.८८ रुपैयाँ ओपनिङ रेन्ज तोेकेको छ । नेप्सेले यो कम्पनीलाई पीपीएल कारोबार संकेत प्रदान गरेको छ ।
