• ट्रेण्डिङ्ग :
किन कमजोर बन्यो नेपाली रुपैयाँ, अमेरिकी डलरको भाउ हालसम्मकै उच्च

किन कमजोर बन्यो नेपाली रुपैयाँ, अमेरिकी डलरको भाउ हालसम्मकै उच्च


  • 4.6K
    SHARES
    • आश्विन २८, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 7.1K Views

    किन कमजोर बन्यो नेपाली रुपैयाँ, अमेरिकी डलरको भाउ हालसम्मकै उच्च

    काठमाडौं । अमेरिकी डलरको मूल्यमा लगातार उकालो लागेको छ । डलरको तुलनामा नेपाली मुद्रा हालसम्मकै कमजोर बनेको छ । विश्व बजारमा अमेरिकी डलर बलियो भएसँगै नेपाली मुद्राको भाउ अवमूल्यन भएको हो । 

    images

    नेपाली मुद्राको भारतीय रुपैयासँग स्थिर विनिमयदर रहेको छ । अमेरिकी डलर बलियो बनेसँगै भारुको मूल्य खस्कँदा त्यसको असर नेपाली मुद्रालाई पर्ने गरेको हो । यसले नेपाली मुद्रालाई थप कमजोर बनाएको छ । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि तय गरेको मूल्यअनुसार एक अमेरिकी डलरको खरिददर १३१ रुपैयाँ ४६ पैसा रहेको छ भने बिक्रीदर १३२ रुपैयाँ ६ पैसा तय गरिएको छ । 

    त्यस्तै युरोको खरिद मूल्य १२७ रुपैयाँ ७७ पैसा र बिक्री मूल्य १२८ रुपैयाँ ३५ पैसा रहेको छ । पछिल्लो समय अमेरिकी डलरको मूल्य लगातार उकालो लाग्दा मुलुकको अर्थतन्त्रमा समेत नकारात्मक असर पर्ने देखिएको छ । विप्रेषण आय, पर्यटन क्षेत्रको आय तथा निर्यात व्यापारमा भने डरल बलियो बन्दा अर्थतन्त्रमा सकारात्मक असर रहन्छ । तर, नेपालको वैदेशिक व्यापारमा निर्यातका तुलनामा आयात उच्च हुँदा त्यसको भुक्तानी डलरमा हुने र यसले व्यापार घाटा झनै बढ्ने हुन्छ । 

    जसले शोधनान्तरस्थिति र विदेशी मुद्रा सञ्चितिमा समेत नकारात्मक असर पार्छ । त्यस्तै डलरको भाउ बढ्नेबित्तिकै आयात हुने विदेशी सामानको मूल्य बढ्ने, इन्धनको मूल्य बढ्न सक्ने, नेपालले विदेशी ऋणको सावाँ र ब्याजको परिणाम डलरको भाउ बढेसँगै बढ्ने हुन्छ ।

  • सम्बन्धित विषय:

  • # अमेरिकी डलर

  • तेस्रो आँखा