• ट्रेण्डिङ्ग :
शताब्दी पुरूष सत्यमोहन जोशीको स्वास्थ्य अवस्था चिन्ताजनक

शताब्दी पुरूष सत्यमोहन जोशीको स्वास्थ्य अवस्था चिन्ताजनक


  • 5.6K
    SHARES
    • आश्विन २८, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 8.6K Views

    शताब्दी पुरूष सत्यमोहन जोशीको स्वास्थ्य अवस्था चिन्ताजनक

    अस्पतालले आज विज्ञप्ति जारी गरी जोशीलाई पहिल्यैदेखि पुरानो रोगले ग्रसित पारेको कारणले जतिसुकै औषधि चलाए पनि सुधार नभएको जनाएको छ । लामो समयदेखि प्रोस्टेट तथा मुटुको समस्याबाट पीडित जोशीमा कमजोरी देखिएपछि असोज ७ गते इमर्जेन्सीमा भर्ना गरी उपचार सुरू गरिएको थियो ।

    काठमाडौं ।  वाङ्मय शताब्दी पुरूष सत्यमोहन जोशीको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको छ । किष्ट अस्पतालमा १८ दिनदेखि उपचाररत् एक सय तीन वर्षीय जोशीको स्वास्थ्यमा उल्लेखनीय सुधार नभएको अस्पतालले जनाएको छ ।

    images

    अस्पतालले शुक्रबार विज्ञप्ति जारी गरी जोशीलाई पहिल्यैदेखि पुरानो रोगले ग्रसित पारेको कारणले जतिसुकै औषधि चलाए पनि सुधार नभएको जनाएको छ । लामो समयदेखि प्रोस्टेट तथा मुटुको समस्याबाट पीडित जोशीमा कमजोरी देखिएपछि असोज ७ गते इमर्जेन्सीमा भर्ना गरी उपचार सुरू गरिएको थियो ।

    परीक्षण गर्दा डेङ्गु सङ्क्रमण, छातीमा निमोनियाको सङ्क्रमणका साथै मुटुको चालसम्बन्धी समस्या देखिएको र अक्सिजन स्याचुरेसन लेभल कम भएर सघन उपचार कक्षमा सिफ्ट गरी उपचार सेवा दिइँदै आएको अस्पतालले जनाएको छ । 

    release_1_ljiD2aH3U1.jpg.jpg

  • सम्बन्धित विषय:

  • # शताब्दी पुरूष

  • तेस्रो आँखा
    लेखकबाट थप