• ट्रेण्डिङ्ग :
अस्पतालले भन्यो- जोशीको अवस्था स्थिर रहे पनि चिन्ताजनक

अस्पतालले भन्यो- जोशीको अवस्था स्थिर रहे पनि चिन्ताजनक


  • 5.1K
    SHARES
    • आश्विन २९, २०७९ शनिबार
    • ४ बर्षs अघि
    • 7.8K Views

    अस्पतालले भन्यो- जोशीको अवस्था स्थिर रहे पनि चिन्ताजनक

    काठमाडौं । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्था स्थिर रहेको छ । २३ दिनदेखि ललितपुरस्थित किष्ट अस्पतालमा उपचाररत उनको स्वास्थ्य अवस्था स्थिर रहेको उक्त अस्पतालले विज्ञप्ति जारी गर्दै जानकारी दिएको छ ।

    images

    डेंगी संक्रमण भएपछि उनलाई उपचारका लागि अस्पताल भर्ना गरिएको थियो । उनलाई निमोनियाँ र छातीमा पनि समस्या देखिएको छ । 

    'हिजोदेखि आजसम्म स्वास्थ्यमा खासै सुधार नभएको र उनको स्वास्थ्य स्थिति स्थिर नै रहेको छ । साथै छातीमा निमोनियाको संक्रमण र युरिन इनफेक्सन नियन्त्रणका लागि दिइएको एन्टिबायोटिक्सको कोर्स जारी छ,' अस्पतालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

    चिकित्सकको निगरानीमा राखी सघन उपचार कक्षमा उपचार भइरहेको जनाएको अस्पतालले जोशीको अवस्था स्थिर रहे पनि चिन्ताजनक रहेको बताएको छ । 

    062008502123.jpg

  • सम्बन्धित विषय:

  • # सत्यमोहन जोशी

  • तेस्रो आँखा