• ट्रेण्डिङ्ग :
निगमले मूल्य समायोजन रोक्दा उपभोक्ता मारमा 

निगमले मूल्य समायोजन रोक्दा उपभोक्ता मारमा 


  • 5.3K
    SHARES
    • आश्विन ३१, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 8.1K Views

    निगमले मूल्य समायोजन रोक्दा उपभोक्ता मारमा 

    काठमाडौं । नेपाल आयल निगमले पेट्रोलमा मूल्य समायोजन नगर्दा उपभोक्ता थप मारमा परेका छन् । प्रतिलिटर १४ रुपैयाँ ५६ पैसा नाफा भए पनि निगमले मूल्य भने घटाएको छैन । यसअघि पटकपटक घाटा मात्रै जनाउँदै आएको निगमले यसपालि भने पेट्रोलमा नाफा भएको जनाएको हो । 

    images

    अन्तर्राष्ट्रिय बजारमा भाउ घटेका कारण नाफामा रहेको र तिहार छठलगायतलाई ध्यान दिएर भाउ घटाउन माग बढिरहेको बेला निगमले तत्काल भाउ नघटाउने जनाएको छ।

    निगमलाई भारतबाट नियमित रुपमा केही घटेर नयाँ मूल्य आएको अवस्था छ । तर निगम भने पुरानो नोक्सानी देखाएर जोगिने गरेको छ । निगमको यस चालाले उपभोक्ता भने महँगीको चपेटामा पर्ने गरेका छन् । आइतबार (हिजो) भने भारतीय आयल निगमले इन्धनको केही पदार्थमा मूल्य बढेर आएको जनाएको छ । तर निगम अझै ३९ करोड रुपैयाँ नाफामा छ ।

    नाफामा भए पनि सञ्चित नोक्सानीको अवस्थामा पुगिएको निगम स्रोतको भनाइ छ । सञ्चित नोक्सानीकै कारण तथा अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दै गएकाले तत्काल मूल्य समायोजन नहुने निगमले आइतबार जारी गरेको विज्ञप्तिमा उल्लेख गरेको छ । भारतले पठाएको नयाँ मूल्य सूचीअनुसार पेट्रोल प्रतिलिटर १ रुपैयाँ ७४ पैसा, डिजेल १५ रुपैयाँ ६० पैसा र हवाई इन्धनको मूल्य १० रुपैयाँ २५ पैसा बढेको देखिएको छ ।  

    निगमको विज्ञप्तिअनुसार डिजेलमा प्रतिलिटर ६ रुपैयाँ ३४ पैसा र ग्यासमा प्रतिसिलिन्डर ३२५ रुपैयाँ नोक्सानी बेहोर्नुपरेको अवस्था छ । अर्कातर्फ निगमलाई नाफा पनि भएको अवस्था छ । पेट्रोलमा १४ रुपैयाँ ५६ पैसा, मट्टितेलमा ३८ रुपैयाँ ५८ पैसा र हवाई इन्धन आन्तरिकतर्फ ४० रुपैयाँ ७८ पैसा र अन्तर्राष्ट्रियतर्फ ९० रुपैयाँ ९८ पैसा प्रतिलिटरमा नाफा भएको जनाइएको छ । भारतीय आयल कर्पोरेसनबाट नियमित भाउ घटेर आइरहेको भए पनि निगमले पुरानो नोक्सानीलाई देखाएर मूल्य समायोजन नगरेको  जिकिर गरेको छ ।  

    p_75m5cGxG64.jpg

  • सम्बन्धित विषय:

  • # नेपाल आयाल निगम
  • # मूल्य समायोजन

  • तेस्रो आँखा