नवौँ राष्ट्रिय खेलकुद
आर्चरीमा फाइनल समीकरण पुरा

आर्चरीमा फाइनल समीकरण पुरा


भारत्तोलनमा सूदुरपश्चिमलाई स्वर्ण

  • 5.3K
    SHARES
    • कार्तिक १, २०७९ मंगलबार
    • ४ बर्षs अघि
    • 8.1K Views

    आर्चरीमा फाइनल समीकरण पुरा

    कास्की । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आर्चरीमा फाइनल खेलको समीकरण पूरा भएको छ । आर्चरीमा कम्पाउण्ड मेन सिङ्गल र वुमन सिङ्गल, रिकर्भ मेन सिङ्गल र रिकर्भ वुमन सिङ्गल तथा स्टाण्डर्ड मेन टिम र वुमन टिमको फाइनल समीकरण तयार भएको हो ।

    images

    कम्पाउण्ड मेन सिङ्गलतर्फ गण्डकीका जागृत गुरुङ र गण्डकीकै ख्यामबहादुर क्षेत्री फाइनल पुगेका छन् ।  जागृतले सुदूरपश्चिमका सुरेश गुरुङलाई एक सय ३६ का विरुद्ध एक सय ४४ स्कोरले हराएका हुन् । फाइनलमा गण्डकीकै दुई खेलाडी भएपछि यस विधामा गण्डकीलाई स्वर्ण र रजत पक्का भएको छ ।

    यस्तै गण्डकीका ख्यामले एपिएफएका रमेश भट्टचनलाई १४१–१३५ स्कोरमा पराजित गर्दै जागृतसँगको भेट पक्का गरेका छन् । कम्पाउण्ड वुमन सिङ्गलतर्फ एपिएफकी पार्षदा आचार्य र आर्मीकी इमायुङ राई फाइनल पुगेका छन् । पार्षदाले गण्डकीकी मोनिका रानालाई १३४–१०९ स्कोरले हराए । यस्तै इमायुङले एपिएफकी निर्मला कानवाङ राईलाई १३०–१२२ स्कोरले पछि पारे ।

    रिकर्भ मेन सिङ्गलतर्फ गण्डकीका गङ्गाबहादुर कुँवर र पुलिसका तिलक पुन फाइनल पुगेका छन् । गङ्गाले एपिएफका विराट थापालाई ६–४ अङ्कले हराएका हुन् । यस्तै तिलकले गण्डकीका असिम शेरचनलाई ६–४ अङ्कले पराजित गर्दै फाइनलमा स्थान बताएका हुन् । 

    रिकर्भ वुमन सिङ्गलतर्फ गण्डकीकी रोजिना थापामगरले आर्मीकी ज्ञानु अवालेलाई ६–४ स्कोरले हराइन् । यस्तै आर्मीकी मञ्जु बजगाईँले गण्डकीका रश्मी दर्लामीलाई सोझो तीन सेटमा ९६–०० पराजित गरिन् । 

    स्टान्डर्ड मेन टिमतर्फ गण्डकी र सुदूरपश्चिम उपाधिका लागि प्रतिस्पर्धामा उत्रँदा वुमन टिमतर्फ प्रदेश नं १ र आर्मी खेल्नेछ । मेन टिमको पहिलो सेमिफाइनलमा गण्डकीले प्रदेश नं १ लाई ५–१ अङ्कले हराएको हो । यस्तै अर्को खेलमा सुदूरपश्चिमले नेपाल पुलिसलाई ६–४ अङ्कले हराउँदै फाइनल पुगेको हो ।

    स्टान्डर्ड वुमन टिमतर्फ प्रदेश नं १ ले गण्डकी प्रदेशलाई ६–० अङ्कले सोझो तीन सेटमा हरायो । यस्तै आर्मीले पनि एपिएफलाई सोझो तीन सेट ९६–००ले पन्छाउँदै फाइनलको यात्रा तय गरेको हो । राष्ट्रिय खेलकुदमा पाँचौँ संस्करणबाट सहभागिता जनाएको आर्चरीमा योपटक सबैभन्दा धेरै टोलीको सहभागिता रहेको छ । खेलमा पाँच प्रदेश, तीन विभागीय र एनआरएनए गरी नौ टिमको सहभागिता रहेको छ । प्रदेश नं १, बागमती, गण्डकी, लुम्बिनी, सुदूरपश्चिम प्रदेश, त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरी बलको एपिएफ, नेपाल पुलिस क्लबले सहभागिता जनाएका छन् । मधेस र कर्णालीको भने सहभागिता रहेन ।

    भारत्तोलनमा सूदुरपश्चिमलाई स्वर्ण

    नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत भारत्तोलन प्रतियोगितामा सुदूरपश्चिमले स्वर्ण जितेको छ । पोखरा उद्योग वाणिज्य सङ्घको हलमा भएको पुरुष ७३ केजी तौल समूहमा सुदूरपश्चिमका हेमन्त पालले स्वर्ण जितेका हुन् । उनले स्न्याचमा ९० र क्लिन एण्ड जर्कमा एक सय सात गरी कुल एक सय ९७ केजी भारबहन गरेका थिए ।

    यस्तै नेपाल पुलिसका अशोककुमार साहले रजत र एपिएफका राहुलकुमार दासले कास्य जिते ।  अशोकले स्न्याचमा ८१ र क्लिन एण्ड जर्कमा एक सय आठ गरी कुल एक सय ८९ केजी भारबहन गर्नुभएको नेपाल भारत्तोलन सङ्घका अध्यक्ष रामकृष्ण श्रेष्ठ ‘बोस’ले बताए । 

    राहुलले स्न्याचमा ८३ र क्लिन एण्ड जर्कमा एक सय पाँच गरी कुल एक सय ८८ केजी भारबहन गरेका थिए ।  त्यसअघि सम्पन्न तीन खेलमा नेपाल आर्मीले दुई र नेपाल पुलिसले एक स्वर्ण थपेको छ । 

    हालसम्म सम्पन्न आठ इभेन्टतर्फ विभागीय टिम नै हाबी छन् । जसमध्ये पुलिसले चार, आर्मीले तीन र सुदूरको एक स्वर्ण आएको छ ।

    फाइल फाेटाे

  • सम्बन्धित विषय:

  • # नवौँ राष्ट्रिय खेलकुदः

  • तेस्रो आँखा
    लेखकबाट थप