२४ घण्टामा १६० जनामा कोरोना संक्रमण

२४ घण्टामा १६० जनामा कोरोना संक्रमण


  • 5.1K
    SHARES
    • पौष १, २०७८ बिहीबार
    • ४ बर्षs अघि
    • 7.8K Views

    २४ घण्टामा १६० जनामा कोरोना संक्रमण

    काठमाडौं, १ पुष । पछिल्लो २४ घण्टामा नेपालमा १६० जना कोरोना संक्रमित भएका छन् । ७ हजार २३० जनामा पीसीआर परीक्षण गर्दा १६० जनामा कोभिड(१९ पोजिटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार जनाएको छ । यस्तै ३ हजार ७८८ जनामा एन्टीजेन परीक्षण गर्दा २४ जनामा संक्रमण देखिएको छ ।

    images

    योसँगै नेपालमा पीसीआर विधिबाट गरिएको परीक्षणअनुसार कोरोना संक्रमितको संख्या ८ लाख २५ हजार १७६ पुगेको छ । एन्टिजेन विधिद्वारा गरिएको परीक्षणमा हालसम्म ९ लाख ५ हजार ८९७ पुगेको छ । २४ घण्टामा २६७ जना संक्रमणमुक्त भएका छन् । नेपाल कोरोना निको हुने दर ९७।९ रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

    बिहीबार २ जना मृतक थपिएका छन् । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५६७ पुगेको छ । सक्रिय संक्रमितको संख्या ५ हजार ५२६ रहेको छ । २४ घण्टामा २ लाख ४० हजार ५६४ जनाले खोप लगाएको मन्त्रालयले जनाएको    छ ।

    266767892_218161633825133_6034248911031701371_n.jpg

  • सम्बन्धित विषय:

  • # १६० जनामा कोरोना संक्रमण

  • तेस्रो आँखा