२४ सय अंकमुनि झर्यो नेप्से

२४ सय अंकमुनि झर्यो नेप्से


  • 7.5K
    SHARES
    • पौष १, २०७८ बिहीबार
    • ४ बर्षs अघि
    • 11.6K Views

    २४ सय अंकमुनि झर्यो नेप्से

    काठमाडौं,१ पुष । सेयर बजारको परिसूचक नेप्से फेरि २४ सय अंकमुनि झरेको छ । साता कारोबारको अन्तिम दिन बिहीबार नेप्से ३७ दशमलव ८७ अंकले घटेको हो । सो अंकको कमीसँगै नेप्से २३७६ अंकमा कायम भएको छ । कारोबार रकममा संकुचन आएको छ । 

    images

    कुल २ अर्ब ३० करोड रुपैयाँको धितोपत्र कारोबार भयो । बुधबार ५ अर्ब ५८ करोडको कारोबार भएको थियो । म्युचुअल फण्डबाहेक सबै उपसमूह ओरालो लागेका छन् । बैंकिङ ५, ब्यापार ६४, होटल तथा पर्यटन ४६, विकास बैंक १५७, जलविद्युत ८२, फाइनान्स ५६, निर्जीवन बीमा २६४, उत्पादन ८५, अन्य ३९, माइक्रोफाइनान्स ८१, जीवन बीमा २६३ र लगानी उपसमूह १ अंकले घटे ।

    नेपाल बंगलादेश बैंकको मूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ । अरु १७ कम्पनीको पनि मूल्य बढ्यो । १६९ कम्पनीको मूल्य घट्दा २ को स्थिर रह्यो । ग्रीनलाइफ हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै ७.५ प्रतिशतले घट्यो । निरन्तर झरेको बजार यसअघि मंगलबार ६ प्रतिशतले बढेपछि सर्किट ब्रेक लागेको थियो । बुधबार परिसूचक नेप्से ४. २३ अंकले घटेर २४१४ अंकमा अडिएको थियो ।

  • सम्बन्धित विषय:

  • # नेप्से

  • तेस्रो आँखा
    लेखकबाट थप