• ट्रेण्डिङ्ग :
अमेरिकी डलरको मूल्य  लगातार उच्च

अमेरिकी डलरको मूल्य  लगातार उच्च


  • 7.5K
    SHARES
    • कार्तिक ३, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 11.5K Views

    अमेरिकी डलरको मूल्य  लगातार उच्च

    काठमाडौं । पछिल्लो समय अमेरिकी डलरको मूल्य लगातार उकालो लाग्दै गएको छ ।  नेपाल राष्ट्र बैंकले आज बिहीबारका लागि तय गरेको विनिमय दरअनुसार एक अमेरिकी डलरको खरिददर एक सय ३२ रुपैयाँ ५४ पैँसा छ । बिक्रीदर एक सय ३३ रुपैयाँ १४ पैसा छ । केन्द्रीय बैंकले अधिल्लो दिन एक अमेरिकी डलरको खरिददर एक सय ३१ रुपैयाँ ४८ पैँसा र बिक्रीदर एक सय ३२ रुपैयाँ आठ पैसा तोकेको थियो ।
        
    त्यस्तै आज युरोको खरिद मूल्य एक सय २९ रुपैयाँ ६५ पैसा र बिक्री मूल्य एक सय ३० रुपैयाँ २४ पैसा  छ । विश्व बजारमा अमेरिकी डलर बलियो भएसँगै नेपाली मुद्राको भाउ अवमूल्यन भएको हो । नेपाली मुद्राको भारतीय रुपैयासँग स्थिर विनिमयदर रहेको र अमेरिकी डलर बलियो बन्दा भारुको मूल्य खस्कने भएकाले त्यसको असर नेपाली मुद्रालाई पर्ने गरेको छ । 

    images

    पछिल्लो समय अमेरिकी डलरको मूल्यमा लगातार वृद्धि हुँदा विप्रेषण आय, पर्यटन क्षेत्रको आय तथा निर्यात व्यापारमा सकारात्मक प्रभाव रहन्छ । तर, नेपालको अर्थतन्त्रमा अमेरिकी डलर बलियो बन्दा त्यसको प्रभाव नकारात्मकसमेत पर्ने जानकारहरु बताउँछन् । 

    नेपालको वैदेशिक व्यापार स्थिति  निर्यातका तुलनामा आयात उच्च रहने भएकाले त्यसको भुक्तानी डलरमा हुने र यसले व्यापार घाटा झनै बढ्ने हुन्छ । यसले शोधनान्तरस्थिति र विदेशी मुद्रा सञ्चितिमासमेत असर पार्छ । त्यस्तै डलरको भाउ बढ्ने वित्तिकै आयातीत बस्तु, इन्धनलगायतको मूल्य बढ्ने, विदेशी ऋणको सावाँ र ब्याजको परिणाम डलरको मूल्यसँगै बढ्ने हुन्छ ।

  • सम्बन्धित विषय:

  • # अमेरिकी डलर

  • तेस्रो आँखा