२१ लाख ७६ हजार डोज जोन्सन एन्ड जोन्सन आइपुग्यो

२१ लाख ७६ हजार डोज जोन्सन एन्ड जोन्सन आइपुग्यो


  • 5.7K
    SHARES
    • पौष १, २०७८ बिहीबार
    • ४ बर्षs अघि
    • 8.8K Views

    २१ लाख ७६ हजार डोज जोन्सन एन्ड जोन्सन आइपुग्यो

    काठमाडौं, १ पुष । कोरोनाविरूद्धको जोन्सन एन्ड जोन्सनको २१ लाख ७६ हजार डोज खोप नेपाल आइपुगेको छ । जोन्सन एन्ड जोन्सनको कोरोनाविरूद्धको डोज एक मात्रा लगाए पुग्छ ।

    images

    स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाका वरिष्ठ फार्मेसी अधिकृत बडेबाबु थापाले आज बिहान २१ लाख ६७ हजार ६५० डोज खोप आएको जानकारी दिए  ।

    थापाका अनुसार खोप युनिसेफमार्फत आइपुगेको हो । यसअघि अमेरिकाले कोभ्याक्समार्फत १५ लाख ३४ हजार ८५० डोज जोन्सन एन्ड जोन्सन खोप नेपाललाई उपलब्ध गराएको थियो।

    योसँगै नेपालले जोन्सन एन्ड जोन्सन खोप ३७ लाख ११ हजार पाँच सय डोज प्राप्त गरेको छ।  विभिन्न कम्पनीको अनुदानसहित अहिलेसम्म नेपालमा तीन करोड ५४ लाख ५९ हजार ३८० डोज खोप आइसकेको छ।

  • सम्बन्धित विषय:

  • # जोन्सन एन्ड जोन्सन

  • तेस्रो आँखा
    लेखकबाट थप