पछिल्लो केही समय यता राजधानी कम्पालामा इबोला भाइरसको सङ्क्रमण बढ्दै गएको छ । सेप्टेम्बरमा प्रकोप सुरु भएदेखि युगान्डामा १ सय ९ जनामा इबोला भाइरसको सङ्क्रमण पुष्टि भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हालसम्म ३० जनाको मृत्यु यहि भाइरसका कारण भएकोमा १५ जना राजधानी कम्पाला आसपासका मात्रै छन् । यसअघि राजधानी कम्पालामा एकै परिवारका ६ जना बालबालिकालाई इबोला भाइरसको सङ्क्रमण भएको थियो ।
