• ट्रेण्डिङ्ग :
नेपाल राष्ट्र बैङ्कले सुरू गर्यो आन्तरिक ऋण उठाउने काम

नेपाल राष्ट्र बैङ्कले सुरू गर्यो आन्तरिक ऋण उठाउने काम


  • 4.9K
    SHARES
    • कार्तिक १४, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 7.5K Views

    नेपाल राष्ट्र बैङ्कले सुरू गर्यो आन्तरिक ऋण उठाउने काम

    आम्दानी भन्दा खर्च धेरै भए पछि सरकारका लागि नेपाल राष्ट्र बैङ्कले आन्तरिक ऋण उठाउने काम सुरु गरेको छ ।नेपाल राष्ट्र बैङ्कले भोली १६ अर्ब ६६ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्ने भएको छ । भोली कात्तिक १५ गते बिक्री गर्ने गरी बैङ्कले सो परिमाणको ट्रेजरी बोलकबोल गर्न लगेको हो । ९१, १८२ र ३६४ दिने गरी तीन किसिमको ट्रेजरी बिक्री गर्न लागेको बैङ्कले ९१ दिनका लागि ५ अर्ब १० करोड रुपैयाँ छुट्याएको छ ।

    images

    १८२ दिनका लागि १० अर्ब रुपैयाँ र ३६४ दिनका लागि १ अर्ब ५६ करोड रुपैयाँ छुट्याएको छ । यसअघि बैङ्कले असोज ३१ गते ४ किसिममा कुल १८ अर्ब २० करोड रुपैयाँ बराबरको ट्रेजरी जारी गरेको थियो ।


    तेस्रो आँखा