जापानमा आगलागी हुदा दर्जनौंको मृत्यु भएको आशंका

जापानमा आगलागी हुदा दर्जनौंको मृत्यु भएको आशंका


  • 5.1K
    SHARES
    • पौष २, २०७८ शुक्रबार
    • ४ बर्षs अघि
    • 7.9K Views

    जापानमा आगलागी हुदा दर्जनौंको मृत्यु भएको आशंका

    २ पुस, काठमाडौं । जापानमा आगलागी हुँदा दर्जनौंको मृत्यु भएको आशंका गरिएको छ । जापानको एक व्यापारिक भवनमा ओशाकास्थित ८ तले भवनमा आगलागी भएको हो ।

    images

    शुक्रबार ओकाशाको शपिङ एवं मनोरञ्जन क्षेत्रस्थित ८ तले भवनमा आगो लागेको जापानको समाचार माध्यम एनएचकेले जनाएको छ । उक्त भवनको ४ औं तलाबाट आगलागी सुरु भएको समाचारमा उल्लेख छ । एनएचकेका अनुसार २८ जना गम्भीर घाइते भएका छन् ।

    गम्भीर घाइतेमध्ये अधिकांशको मुटु र फोक्सोले काम नगरेको कारण मृत्यु भएको अनुमान छ। आगलागीलत्तगै ओशाकाको मध्य भागमा अवस्थित किटावार्डमा कैयौं अग्निनियन्त्रक बोलाइएको र ३० मिनेटभित्रै आगो नियन्त्रणमा आएको थियो ।आगलागी हुनुको कारण हालसम्म खुलेको छैन । तर अधिकारीले आगो लगाइएको आशंका गरेका छन् ।


    तेस्रो आँखा