- तेस्रो आँखा डेस्क
काठमाडौं, २ पुस । मिस वल्ड ग्रान्ड फिनाले अनिश्चितकालका लागि स्थगित भएको छ । पुएर्टो रिकोमा आज हुन भनिएको मिस वल्ड ग्रान्ड फिनाले स्थगित भएको हो ।
प्रतियोगीताका प्रतियोगी, आयोजक र कर्मचारीमाहरुमा कोरना भाइरसको संक्रमण भेटिएपछि प्रतियोगिता स्थगित गरीएको आयोजकले जनाएको छ ।
मिस वल्ड प्रतियोगीतास्थलमा सात जना प्रतिस्पर्धीलाई कोरना संक्रमण भएपछि त्यहाँको स्वास्थ्य विभागले कार्यक्रम रोक्न निर्देशन दिएको थियो ।
कोरोना संंक्रमण डे«सीङ रुमबाट फैलिएको थियो । संक्रमितलाई आइसोलेसनमा राखिएको छ । कोरोना भाइरसको संक्रमण फैलिएपछि प्रतियोगीता ९० दिन सम्मका लागी स्थगित गर्नु परेको आयोजकले बताएको छ ।
कोरोना परिक्षण पश्चात प्रतिपर्धीहरुलाई स्वदेश र्फकाइने भएको छ । नेपालबाट मिस वल्र्ड प्रतिस्पर्धामा मिस नेपाल नम्रता श्रेष्ठ सहभागी भएकी छन् ।
