- तेस्रो आँखा डेस्क
काठमाडौं, ३ पुस। पछिल्लो २४ घण्टामा देशभर १८९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
देशभर गरिएको ५,४८३ पीसीआर परीक्षणमा १५८ र २,५१४ एन्टिजेन परीक्षणमा ३१ जना गरी १८९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
त्यस्तै, संक्रमणका कारण पछिल्लो २४ घण्टामा २ जनाको मृत्यु भएको छ भने २५० जना संक्रमणमुक्त भएका छन् । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ५४२८ रहेको छ ।
