• ट्रेण्डिङ्ग :
रुघाखोकीविरुद्धको खोप नलिए दीर्घरोगी जोखिममा

रुघाखोकीविरुद्धको खोप नलिए दीर्घरोगी जोखिममा


  • 4.5K
    SHARES
    • मंसिर १६, २०७९ शुक्रबार
    • ३ बर्षs अघि
    • 6.9K Views

    रुघाखोकीविरुद्धको खोप नलिए दीर्घरोगी जोखिममा

    तपाईं दम, मिर्गौला, मुटु, क्यान्सर या यस्तै कुनै रोग लागेको व्यक्ति हुनुहुन्छ ? यी समूहभित्र पर्नुहुन्छ तर मौसमी भाइरल इन्फ्लुएन्जाविरुद्धको खोप लिनुभएको छैन भने होस गर्नुहोस्, सामान्य रुघाखोकीले पनि ज्यान लिन सक्छ ! जोखिम समूहमा पर्नेले रुघाखोकीविरुद्धको खोप नलिएकै कारण नेपालमा बर्सेनि धेरैको मृत्यु हुने गरेको चिकित्सकहरूले बताएका छन्। सामान्य रुघाखोकी बिगे्रपछि निमोनिया हुने र त्यसले गर्दा बर्सेनि धेरै नेपालीको मृत्यु हुने गरेको उनीहरूको भनाइ छ। त्यसरी मृत्यु हुनेमा जोखिम समूहका व्यक्ति मात्र नभएर वृद्धवृद्धा र बालबालिकाको समेत पर्ने गरेको चिकित्सकहरू बताउँछन्।

    images

    ‘फ्लु भाइरसका कारण श्वासप्रश्वास नलीमा संक्रमण भएपछि निमोनिया भई मृत्यु हुने गरेको देखिन्छ,’ त्रिवि शिक्षण अस्पताल महाराजगन्जका सहायक निर्देशक तथा छातीरोग विशेषज्ञ डा. सन्तकुमार दासले भने। नेपालमा हालै फैलिरहेको मौसमी रुघाखोकीले निमोनियाको जटिल रूप निम्त्याउने हुनाले सबै नागरिक सचेत हुनुपर्ने चिकित्सकको सुझाव छ। हाल ठुला अस्पतालहरूमा नियमित बिरामीभन्दा १५ प्रतिशत मौसमी रुघाखोकीका मात्र बिरामी उपचारका लागि पुगेका छन्।  

    विश्व स्वास्थ्य संगठनको सन् २०२० को तथ्यांकअनुसार नेपालमा प्रतिवर्ष ६ हजार २३७ जनाको मौसमी इन्फ्लुएन्जाबाट हुने निमोनियाका कारणले भएको देखिन्छ। यो संख्या कुल मृत्युको ३.८ प्रतिशत हो। मौसमी फ्लुबाट नागरिकको मृत्यु हुने देशमा नेपाल ८६औं स्थानमा पर्छ। नेपालमा प्रतिवर्ष २३ हजार बालबालिकाको मृत्यु मौसमी फ्लु तथा निमोनियाका कारणले हुने गरेको छ। तीमध्ये १३ प्रतिशत पाँच वर्षमुनिका छन्। अमेरिकामा प्रतिवर्ष ५० देखि ६० हजारजनाको मृत्यु हुने गरेको तथ्यांक छ।  

    नेपालमा बर्सेनि निमोनियाका कारणले हुने मृत्युमा फ्लु भाइरसको प्रमुख भूमिका रहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल अनुसन्धान विभागका संयोजक डा. शेरबहादुर पुनले बताए। तीन वर्षयता कोभिड १९ विरुद्धको खोपले मौसमी फ्लुको जटिलता आउनबाट रोकेकाले कम मृत्यु भएको उनको दाबी छ।


    तेस्रो आँखा