नेपालमा ८१ प्रतिशत हिन्दु 

नेपालमा ८१ प्रतिशत हिन्दु 


  • 2.7K
    SHARES
    • जेठ १९, २०८० शुक्रबार
    • ३ बर्षs अघि
    • 4.2K Views

    नेपालमा ८१ प्रतिशत हिन्दु 

    दाङ १९ जेठ /
    नेपालमा ८१ प्रतिशतभन्दा बढी मानिस हिन्दु धर्म मान्ने गरेको पाइएको छ । राष्ट्रिय जनगणना २०७८ को जाति र धर्म सम्बन्धी तथ्यांक शुक्रबार सार्वजनिक भएको छ, जसअनुसार कुल जनसंख्याको ८१.१९ प्रतिशतले आफ्नो धर्म हिन्दु भएको बताएका छन् ।

    images

    जनगणनाअनुसार नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ पुगेको छ । उनीहरुमध्ये २ करोड ३६ लाख ७७ हजार ७४४ जनाले हिन्दु धर्म मान्ने गरेका छन् । २३ लाख ९३ हजार ५४९ जना अर्थात ८.२१ प्रतिशतले बौद्ध धर्म मान्ने गरेका छन् । ५.०९ प्रतिशतले इस्लाम, ३.१७ प्रतिशतले किराँत र १.७६ प्रतिशतले क्रिष्टियन धर्म मान्ने गरेको पाइएको छ ।


    तेस्रो आँखा