• ट्रेण्डिङ्ग :
प्रभु बैंकले लक्जेम्बर्गबाट ल्यायो ५० लाख डलर ऋण

प्रभु बैंकले लक्जेम्बर्गबाट ल्यायो ५० लाख डलर ऋण


  • 4.0K
    SHARES
    • जेठ २२, २०८० सोमबार
    • ३ बर्षs अघि
    • 6.1K Views

    प्रभु बैंकले लक्जेम्बर्गबाट ल्यायो ५० लाख डलर ऋण

    काठमाडौं, २२ जेठ । प्रभु बैंकले लक्जेम्बर्गको एमएसएमई इन्टरप्राइजेज बन्ड एसएबाट ५० लाख डलर ऋण लिएको छ । बैंकले विद्युतीय सवारीसाधनमा लगानी गर्न भन्दै ५० ऋण लिएको हो ।

    images

    विश्व वातावरण दिवसका दिन हरित लगानी अन्तर्गत विद्युतीय सवारी साधनहरूमा लगानी गर्न चार वर्षे अवधिका लागि ५० लाख डलर बराबरको ऋण प्राप्त गरेको बैंकले जनाएको छ ।

    उक्त रकम सार्वजनिक यातायात र व्यक्तिगत प्रयोजनका लागि प्रयोग हुने विद्युतीय सवारी साधनहरू खरीद तथा आयातका लागि सहज रुपमा उपलब्ध गराइने बैंकले जनाएको छ ।

    साथै बैंकले वैकल्पिक ऊर्जा तथा एमएसएमई व्यवसाय प्रवर्द्धनका लागि अन्य अन्तर्राष्ट्रिय संस्थाहरुसँग पनि सहकार्यका लागि पहल गरिरहेको जनाएको छ । निकट भविष्यमै उक्त पहलले सार्थकता पाउने बैंकको विश्वास छ ।


    तेस्रो आँखा