• ट्रेण्डिङ्ग :
बजेट निर्माणमा इमानदारिताभन्दा बाहिर गएको छैन : अर्थमन्त्री महत

बजेट निर्माणमा इमानदारिताभन्दा बाहिर गएको छैन : अर्थमन्त्री महत


  • 4.1K
    SHARES
    • जेठ २३, २०८० मंगलबार
    • ३ बर्षs अघि
    • 6.4K Views

    बजेट निर्माणमा इमानदारिताभन्दा बाहिर गएको छैन : अर्थमन्त्री महत

    काठमाडौं, २३ जेठ । अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेट निर्माणका क्रममा इमानदार भएर काम गरेको बताएका छन् । मङ्गलवार बजेट निर्माणका क्रममा असम्बन्धित व्यक्तिलाई संलग्न गराइ करका दर हेरफेर गरेको भन्ने विषयमा जवाफ दिँदै उनले यस्तो बताएका हुन् । 

    images

    उनले अर्थमन्त्री भएर अर्थ मन्त्रालयको जिम्मेवारी सम्हालेदेखि इमानदार भएर काम गरेको बताए । उनले आउँदो आर्थिक वर्षको बजेट बनाउन आफूले कुनै पनि प्रभावबाट मुक्त भएर पारदर्शी ढङ्गबाट काम गरेको दाबी गरे । 

    त्यस्तै उनले अर्थ मन्त्रालयका कर्मचारीकै रुपमा रामकृष्ण श्रेष्ठलाई करका दर टाइप गर्न दिएको बताए । अर्थमन्त्रीले श्रेष्ठले ३० वर्षदेखि यही काम गर्दै आएको बताए । श्रेष्ठको विज्ञताको कारण अघिल्लो अर्थमन्त्रीले मन्त्रालयमा नियुक्त गरेको देखिएको बताए ।

    ‍उनले  इमानदारिता कायम राखेकाले स्वार्स्थ समूहहरु निजी स्वार्थ भएकाहरु पछि लागेको बताए । उनले अनधिकृत व्यक्ति छिराएर करका दर हेरफेर गर्न पर्‍यो भन्ने भाष्य बनाएर नियोजित रुपमा गर्दा त्यो नै सत्य हुने ? भन्दै प्रश्न गरे ।

    उनले जिम्मेवारी लिएर कसम खाएर संसद्को रोष्टममा उभिएर जवाफ दिएको भन्दै आफ्नो इमानदारितामाथि शङ्का नगर्न आग्रह गरे ।  

    त्यस्तै, अर्थमन्त्री डा।महतले करको दर हेरफेरबारे आफूसहितका आधिकारिक व्यक्तिहरुले निर्णय गरेको दाबी गरे । उनले निर्णय गरिसकेपछि निर्णय प्रक्रियामा बसेका पदाधिकारीको उपस्थिति र निर्देशनमा इन्टर गर्ने काम मात्र भएको बताए । 


    तेस्रो आँखा