• ट्रेण्डिङ्ग :
प्रतिनिधिसभा बैठकमा आज पनि बजेटकै विषयमा छलफल हुने

प्रतिनिधिसभा बैठकमा आज पनि बजेटकै विषयमा छलफल हुने


  • 2.5K
    SHARES
    • जेठ २६, २०८० शुक्रबार
    • ३ बर्षs अघि
    • 3.8K Views

    प्रतिनिधिसभा बैठकमा आज पनि बजेटकै विषयमा छलफल हुने

    काठमाडौं २६ जेठ/ 
    प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । जारी बैठकमा आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफलमा सांसदहरूले पक्ष–विपक्षमा आफ्ना धारणा व्यक्त गर्नेछन् ।

    images

    यस अघिको बैठकमा सत्तापक्षका सांसदहरूले बजेटमा आएका विषयवस्तु राम्रा भएका बताउँदै कार्यान्वयनमा जोड दिए । यसैगरी प्रतिपक्षका सांसदहरूले भने बजेटले मुलुकको वर्तमान आर्थिक समस्या सम्बोधन गर्न नसक्ने तर्क गरेका थिए ।

    प्रतिनिधिसभाको आजको बैठक बिहान ११ बजे बस्नेछ। प्रतिनिधिसभामा आव २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफल जारी छ ।


    तेस्रो आँखा