काठमाडौं, ५ पुस । रामबाबु गुरुङ निर्देशित फिल्म ‘कबड्डी ४’ ‘द फाइनल म्याच’ बैशाख २३ गते रिलिज हुने भएको छ । नयाँ प्रदर्शन मिति घोषणा गर्दै फिल्मको अफिसियल टीजर ट्रेलर सार्वजनिक गरिएको छ ।
कबड्डीको चौंथो सिरिजको टीजरमा नायिकाको रुपमा मिरुना मगर र गौमाया गुरुङको प्रवेश भएको छ । दयाहाङको जोडीको रुपमा मिरुनालाई प्रस्तुत गरिएको छ ।
मैंयाबाट धोका पाएको काजीको भेट यो फिल्ममा मिरुनासँग हुन्छ । बुद्धि तामाङ, विजय बराल, पुष्कर गुरुङ, कविता आले, माओत्से गुरुङ, शारदा अधिकारी, प्रकाश घिमिरे र कमलमणी नेपाल पनि फिल्ममा देख्न सकिन्छ । टीजर
