दाङ, ०१ असार । लुम्बिनी प्रदेश सरकारको अर्थ विज्ञमा सुशान्त बैदिक नियुक्त भएका छन् । प्रदेश मुख्यमन्त्रीले विज्ञका रुपमा बैदिकलाई नियुक्त गरेका हुन् । मुख्यमन्त्री र मन्त्रीको पारिश्रमिक तथा सेवा सुविधा सम्बन्धि ऐन, २०७५ को दफा १० तथा अनुसूचि २ बमोजिम उनलाई नियुक्त गरिएको हो ।
तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ निवासी बैद्धिकले ‘लण्डन स्कुल अफ इकोनोमिक्स एण्ड पोलिटिकल साईन्सबाट अर्थ शास्त्रमा स्तातकोत्तर गरेका छन् । उनीसँग लन्डनकै एक इकोनोमिक कम्पनीमा अर्थशास्त्रीको रुपमा काम गरेको अनुभव छ ।
उनले मन्त्रालयमा वित्तिय नीति, योजना तर्जुमा, योजना प्रभावकारिता, प्रदेश स्तरीय आर्थिक अबस्था र आवश्यकताका बारेमा भूमिका निर्वाह गरेका थिए ।
उनले सचिव सरह सुबिधा पाउनेछन् ।
