• ट्रेण्डिङ्ग :
नेपालमा सबै भारतीय फिल्म रोक्न सरकारलाई बालेनले पठाए पत्र

नेपालमा सबै भारतीय फिल्म रोक्न सरकारलाई बालेनले पठाए पत्र


  • 6.1K
    SHARES
    • आषाढ १, २०८० शुक्रबार
    • ३ बर्षs अघि
    • 9.4K Views

    नेपालमा सबै भारतीय फिल्म रोक्न सरकारलाई बालेनले पठाए पत्र

    काठमाडौं, ०१ असार । भारतीय फिल्म ‘आदिपुरुष’को विवादित संवाद नहटाएसम्म सबै भारतीय फिल्मको नेपालमा प्रदर्शन रोक्न काठमाडौँ महानगरका मेयर बालेन साहले संघीय सरकारलाई पत्र पठाएका छन् ।

    images


    मेयर साहले हालै रिलिज भएको उक्त भारतीय फिल्ममा ‘जानकी भारतकी छोरी हुन्’ भन्ने आपत्तिजनक सम्वाद रहेकोले उक्त अंश हटाउन पहल गर्न आग्रह गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई पत्र लेखेका हुन् । उनले उक्त भारतीय फिल्मको यथावत् प्रदर्शन भएमा नेपालको राष्ट्रियता, सांस्कृतिक एकता र राष्ट्रिय विभूतिमाथि ठाडो प्रहार भई अपूरणीय क्षति हुने पत्रमा उल्लेख गरेका छन् ।

    उनले भारतले उक्त फिल्ममार्फत नेपालमाथि सांस्कृतिक अतिक्रमण गरेको भन्दै महानगरको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

    aa.jpg


    तेस्रो आँखा