• ट्रेण्डिङ्ग :
बागमती प्रदेशले उद्योगका लागि घरजग्गाको करमा ५० प्रतिशत छुट दिने

बागमती प्रदेशले उद्योगका लागि घरजग्गाको करमा ५० प्रतिशत छुट दिने


  • 4.1K
    SHARES
    • आषाढ १, २०८० शुक्रबार
    • ३ बर्षs अघि
    • 6.2K Views

    बागमती प्रदेशले उद्योगका लागि घरजग्गाको करमा ५० प्रतिशत छुट दिने

    काठमाडौँ, १ असार। बामती प्रदेश सरकारले तोकिएका क्षेत्र बाहेकमा उत्पादनमुलक उद्योग स्थापना गर्ने घरजग्गा दर्तामा लाग्ने शुल्कमा ५० प्रतिशत छुट दिने भएको छ । प्रदेश भित्रका काठमाडौं उपत्यका, भरतपुर महानगरपालिका, हेटौंडा उपमहानगरपालिका बाहेकका प्रदेशका अन्य स्थानमा उत्पादनमुलक उद्योग स्थापनाका लागि जग्गा खरिद गर्दा घरजग्गा दर्ता शुल्कमा ५० प्रतिशत छुट दिने जनाएको हो । 

    images

    शुक्रबार आर्थिक वर्ष २०८०–८१ को बजेट सार्वजनिक गरेको प्रदेश सरकारले यस्तो छुट काठमाडौं उपत्यकाभर सञ्चालित उत्पादनमुलक उद्योगले आफ्नो कारखाना उपत्यका बाहिरका गाउँपालिका र नगरपालिका क्षेत्रमा स्थानान्तरण गरेमा समेत उपलब्ध गराइने जनाएको छ ।


    तेस्रो आँखा