२४ घण्टामा २१८ कोरोना सङ्क्रमित थपिए

२४ घण्टामा २१८ कोरोना सङ्क्रमित थपिए


  • 6.3K
    SHARES
    • पौष ५, २०७८ सोमबार
    • ४ बर्षs अघि
    • 9.7K Views

    २४ घण्टामा २१८ कोरोना सङ्क्रमित थपिए

    काठमाडौं, ५ पुस । पछिल्लो २४ घण्टामा २१८ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । दुई हजार ७२५ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा २१८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको    छ ।

    images

    त्यस्तै, एक हजार ४१६ जनामा एन्टीजेन परीक्षण गरिएकोमा दुई जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९७.९ प्रतिशत रहेको जनाएको छ ।

    पछिल्लो २४ घण्टामा २६३ जना कोरोनामुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी सोही अवधिमा एक जना सङ्क्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ५७४ पुगेको छ ।

    यसैगरी देशभर हालसम्म पाँच हजार २२५ जना सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा ८६ हजार ५९३ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

    269621137_220740496900580_6209118702179020327_n.jpg

  • सम्बन्धित विषय:

  • # कोरोना–सङ्क्रमित

  • तेस्रो आँखा
    लेखकबाट थप