• ट्रेण्डिङ्ग :
जाल्पा सामुदायिक लघुवित्तले २ करोड २८ लाख बोनस सेयर जारी गर्ने

जाल्पा सामुदायिक लघुवित्तले २ करोड २८ लाख बोनस सेयर जारी गर्ने


  • 3.0K
    SHARES
    • आषाढ ५, २०८० मंगलबार
    • ३ बर्षs अघि
    • 4.7K Views

    जाल्पा सामुदायिक लघुवित्तले २ करोड २८ लाख बोनस सेयर जारी गर्ने

    दाङ, ५ असार /
    जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमीटेडले २ करोड २८ लाखरुपैया बोनस सेयर जारी गर्ने लघुवित्तको सोमवार बुटवलमा सम्पन्न चौथो साधारण सभाले २०७९ असार मसान्तसम्ममा कायम रहेको चुक्तापुँजी १६ करोडको १४दशमलब२५ प्रतिशत२ करोड २८ लाखबोनस सेयर जारी गर्ने निर्णय गरेको हो ।

    images

    यस्तै बोनस शेयर वितरण गर्दा लाग्ने कर प्रयोजनका लागि २०७९ असार मसान्तमा कायम रहेको चुक्तापुँजी १६ करोड रुपैयाको शून्य दशमलब ७५ प्रतिशत १२ लाखरुपैया लाभांश शेयरधनीलाई वितरण गर्ने निर्णय पनि गरेको छ । साधारण सभा पश्चात संस्थाको चुक्तापुँजी १८ करोड २८ लाख रहेको छ ।

    जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लि.का अध्यक्षवीर बहादुर अधिकारीको अध्यक्षतामा भएको साधारण सभाले नेपाल राष्ट्र बैकबाट इजाजत पत्र प्राप्त “घ” वर्गको अन्य लघुबित्त बित्तीय संस्थाहरुसँग गाभ्ने (मर्जर) तथाप्राप्ती (एक्विजिशन) सम्बन्धमा आवश्यक कार्य गर्नेनिर्णय गरेको छ । संस्थाकाप्रमुखकार्यकारी अधिकृतबिमला योगीको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रमको सहजिकरण संस्थाका नायव प्रमुख कार्यकारी अधिकृत अशोक कुमार आर्चायले गरेका थिए ।

    ‘स्वच्छ लघुवित्त हाम्रो अभियान, घर–घरमाउद्यम फैलाउगरिबीलाई शून्यबनाउ, जल्पा सामुदायिकको लघुवित्तीय आधार सशक्तीकरण र स्वरोजगारीको पूर्वाधार’ भन्ने मूल नाराका साथ बुटवलमा केन्द्रिय कार्यालय रहेर जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमीटेडले सेवा दिईरहेको छ । संस्थाले सामुहिक जमानीमा बिना धितो कर्जा सेवा, धितो कर्जा सेवा, सदस्य सुरक्षण कार्यक्रम, ग्रामीण कर्जा/पशु बिमाकार्यक्रम सेवा, एस.एम.एस र ट्याब बैकिङ सेवा, रेमिट्यान्स सेवा, बिउ बिजन/फलफुलका बिरुवावितरण कार्यक्रम, सदस्यक्षमता अभिवृद्धि/व्यवसायिक तालिम, सदस्य सम्मान तथा प्रोत्साहन, वित्तीय साक्षरता कार्यक्रम, उद्यमविकास कार्यक्रम मार्फत सेवाहरु प्रदान गरिरहेको छ ।


    तेस्रो आँखा