• ट्रेण्डिङ्ग :
अमृतपुर खानेपानी संस्थाको २० लाख बढी रकम हिनामिना 

अमृतपुर खानेपानी संस्थाको २० लाख बढी रकम हिनामिना 


  • 4.3K
    SHARES
    • आषाढ ६, २०८० बुधबार
    • ३ बर्षs अघि
    • 6.5K Views

    अमृतपुर खानेपानी संस्थाको २० लाख बढी रकम हिनामिना 

    तुलसीपुर ६ असार /
    दाङको तुलसीपुर उपमहानगरपालिका ९ मा रहेको अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थामा उपभोक्ताहरुले ताला लगाएका छन् । खानेपानीको लाखौ रकम हिनामिना भएपछि थाहा पाएपछि उपभोक्ताहरुले बुधबार संस्थामा ताला लगाएका हुन् ।

    images

    कार्यसमितीले कोषको रकम हिनामिना गरेको भन्दै खानेपानी कार्यालय घेराउ गर्न पुगेका उपभोक्ताहरुले संस्थाको २० लाख बढी रुपैया हिनामिना गरेको भन्दै यथार्थ विवरण माग गरी कार्यालयमा ताला लगाएका हुन ।

    संस्थाको पैसा अध्यक्ष चन्द्रकान्त खरेलले २ लाख ३५ हजार रुपैया, सचिव दशरथ वलीले २ लाख ५६ हजार ९ सय रुपैया, कोषाध्यक्ष केशव बहादुर वलीले १५ लाख ५८ हजार रुपैया गरी जम्मा २० लाख ४९ हजार ९ सय रुपैया हिनामिना गरेको खुलेको छ । उपभोक्ताहरुले यस विषमा कुनै टुंगो नलागेसम्म कार्यालयमा ताला यथावत राख्ने तर खानेपानी आपुर्तिमा भने कुनै अवरोध नगर्ने बताएका छन् ।


    तेस्रो आँखा