• ट्रेण्डिङ्ग :
निरन्तर ओरालोतर्फ सुनको भाउ

निरन्तर ओरालोतर्फ सुनको भाउ


  • 2.4K
    SHARES
    • आषाढ ८, २०८० शुक्रबार
    • ३ बर्षs अघि
    • 3.7K Views

    निरन्तर ओरालोतर्फ सुनको भाउ

    दाङ ८ असार /
    नेपाली बजारमा सुनको मूल्य निरन्तर घटिरहेको छ । आज सुनको मूल्य प्रति तोला १ लाख ९ हजार ८ सय रुपैयाँ कायम भएको छ । बिहीबार प्रति तोला १ लाख १० हजार ५ रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ७ सय रुपैयाँले घटेर प्रति तोला १ लाख ९ हजार ८ सय रुपैयाँमा कारोबार भई रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    images

    तेजाबी सुनको मूल्य १ लाख ९ हजार ३ सय रुपैयाँ कायम भएको छ । चाँदीको मूल्य प्रति तोला १ हजार ३ सय ३५ रुपैयाँ कायम भएको छ । चाँदीको मूल्य प्रति तोला २५ रुपैयाँले घटेको छ । बिहीबार चाँदी प्रति तोला १ हजार ३ सय ६० रुपैयाँमा कारोबार भइरहेको थियो ।


    तेस्रो आँखा