• ट्रेण्डिङ्ग :
बाँकेलाई प्रदेशकै पहिलो पूर्ण खोप सुनिश्चितता जिल्ला  घोषणा गरिँदै

बाँकेलाई प्रदेशकै पहिलो पूर्ण खोप सुनिश्चितता जिल्ला  घोषणा गरिँदै


  • 3.6K
    SHARES
    • आषाढ १३, २०८० बुधबार
    • ३ बर्षs अघि
    • 5.6K Views

    बाँकेलाई प्रदेशकै पहिलो पूर्ण खोप सुनिश्चितता जिल्ला  घोषणा गरिँदै

    बाँके १३ असार/ 
    बाँके जिल्लालाई बिहीबार पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिँदै छ । लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री राजु खनालले एक कार्यक्रमका बीच बाँकेलाई प्रदेशकै पहिलो पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्न लागेका छन् ।

    images

    जिल्लाका आठवटै पालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएपछि जिल्लालाई नै पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्न लागिएको हो । खोपै नलगाएका १९६ बालबालिका र नियमित तथा पूर्ण खोप नलगाएका १ हजार ३०१ जना बालबालिकालाई खोप लगाइसकेपछि जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्न लागिएको छ ।

    डुडुवालाई वैशाख ८, जानकीलाई जेठ २१, खजुरालाई २५, कोहलपुरलाई २६, बैजनाथलाई २९, नरैनापुरलार्य ३१, नेपालगञ्जलाई ३२ र राप्तीसोनारीलाई असार ३ गते पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको थियो ।


    तेस्रो आँखा