भारतमा ओमिक्रोनबाट २ सय संक्रमित

भारतमा ओमिक्रोनबाट २ सय संक्रमित


  • 7.1K
    SHARES
    • पौष ६, २०७८ मंगलबार
    • ४ बर्षs अघि
    • 11.0K Views

    भारतमा ओमिक्रोनबाट २ सय संक्रमित

     काठमाडौं, ६ पुस । भारतमा कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनबाट २ सय जना संक्रमित भएका छन्। ती मध्ये ७७ जना विदेशबाट आएको त्यहाँको संघीय स्वास्थ्य मन्त्रालयले जनाएको छ। संक्रमितमध्ये महाराष्ट्र र दिल्लीमा सबैभन्दा धेरै अर्थात ५४ जना भेटिएका छन्।

    images

    त्यस्तै, तेलंगना र कर्नाटकमा क्रमशः २० र १९ जना संक्रमित देखिएका छन् भने राजस्थानमा १८ जना संक्रमित भेटिएका छन्। त्यसैगरी, केरला र गुज्रातमा क्रमशः १५ र १४ जनामा ओमिक्रोन देखिएको मन्त्रालयले जनाएको छ।

    यसैबीच, भारतमा पछिल्लो २४ घन्टामा पाँच हजार ३२६ जनामा कोभिड संक्रमण भएको छ । त्यस्तै, पछिल्लो २४ घन्टामा ४५३ जनाको मृत्यु भएको छ। अहिलेसम्म भारतमा कोभिडबाट चार लाख ७८ हजारको मृत्यु भएको छ । भारतमा अझै पनि ७९ हजार सक्रीय संक्रमित छन् । यो अहिलेसम्मकै न्यून संख्या हो।

  • सम्बन्धित विषय:

  • # ‘ओमिक्रोन

  • तेस्रो आँखा