• ट्रेण्डिङ्ग :
बलिउड
शाहरुख खानको अमेरिकामा दुर्घटना

शाहरुख खानको अमेरिकामा दुर्घटना


  • 4.3K
    SHARES
    • आषाढ २०, २०८० बुधबार
    • ३ बर्षs अघि
    • 6.6K Views

    शाहरुख खानको अमेरिकामा दुर्घटना

     काठमाण्डौं, २० असार । बलिउड अभिनेता शाहरुख खानकाे दुर्घटना भएकाे छ । उनी अमेरिकाको लस एन्जिलिसमा दुर्घटनामा परेसँगै अस्पताल लगिएको छ । भारतीय सञ्चार माध्यम इन्डिया टुडेको स्रोतले शाहरुख खान लस एन्जिलिसमा आफ्नो प्रोजेक्टका लागि सुटिङ गरिरहेका बेला उनकाे नाकमा चोट लागेको जानकारी दिएको छ । उनलाई तत्काल अस्पताल लगियो । 

    images
    हिन्दुस्तान टाइम्सले उनको मङ्गलवार सामान्य शल्यक्रियासमेत गरिएका जानकारी दिएको छ । 
    चोट खासै गहिरो नभएको बताइएको छ । तर शाहरुख वा उनको टिमको तर्फबाट दुर्घटना बारे कुनै आधिकारिक बयान भने जारी  गरिएको छैन । 
     

    मन्नत फर्किए शाहरुख

    रिपोर्टका अनुसार चोट लागेका कारण शाहरुखको नाकबाट रगत बग्न थालेको थियो । भारतीय सञ्चार माध्यम आजतकले उनी आफ्नो घर मन्नत फर्किसकेको र आराम गरिरहेको बताएको छ । 

    शाहरुख खानले हालै फिल्म पठानबाट धमाकादार फिर्ती गरेका थिए । उनको नयाँ फिल्म जवान चाँडै नै रिलिज हुँदैछ । 


    तेस्रो आँखा